PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

भोलिका लागि सर्‍यो राष्ट्रियसभाको बैठक



पहिलोपोस्ट

भोलिका लागि सर्‍यो राष्ट्रियसभाको बैठक
FILE PHOTO

काठमाडौं : राष्ट्रियसभाको आज बस्ने तय भएको बैठक भोलि बिहानका लागि सरेको छ। आज बिहान ११ः११ बजे तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो।

साथै आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्ताव गर्ने कार्यसूची पनि थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell