PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

युक्रेनको आरोप : रसियाले पावर प्लान्टको ड्याम विस्फोट गरायो



पहिलोपोस्ट

युक्रेनको आरोप : रसियाले पावर प्लान्टको ड्याम विस्फोट गरायो
Photo : Maxar images / BBC

युक्रेनले रसियामाथि खेरसन शहरमा रहेको काखोभ्स्का जलविद्युत पावर प्लान्टको ड्याममा आक्रमण गरेको आरोप लगाएको छ। निप्रो नदीमा बनाइएको सो ड्याममा विस्फोट हुँदा तटीय क्षेत्रको हजारौं घर प्रभावित हुने जनाइएको छ। रसियाले भने प्यान्टको माथिल्लो भागमा 'सेल्लिङ' गरेको तर ड्याम विस्फोट नगरेको दाबी गरेको छ।

ड्याम विस्फोट भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आपतकालीन बैठक बोलाएका छन्। पावर प्लान्ट रहेको निप्रो नदी आसपास बस्ने मानिसहरुलाई सुरक्षित स्थानमा जान अधिकारीहरुले सूचना जारी गरिसकेका छन्। ड्याम विस्फोट हुँदा त्यसले गम्भीर संकट निम्तिन सक्ने चेतावनी दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell