PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

फेरि उकालो लाग्यो सुनको मूल्य, तोलाको कति पुग्यो?



पहिलोपोस्ट

फेरि उकालो लाग्यो सुनको मूल्य, तोलाको कति पुग्यो?

काठमाडौं : सुनको मूल्य फेरि बढेको छ। अघिल्लो दिनको भन्दा तोलामा ९ सय रुपैयाँले बढेको हो।

मंगलवार सुनको कारोबार मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमवार प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। ५ रुपैयाँले बढ्दा प्रतितोला १४ सय २० रुपैयाँ भएको छ।

सोमवार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँ थियो। सुनचाँदीको मूल्य लगातार उच्च भइरहँदा कारोबार न्यून रहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा घट्न थालेको सुनको मूल्य पुन: बढेको छ। सोमवार १९४५.१३ डलर रहेको सुन मंगलवार बढेर प्रतिऔंस १९६०.९५ डलरमा कारोबार भइरहेको छ।

यसैगरी, मंगलवार चाँदी प्रतिऔंस २३.६५ डलर छ। यो सोमवारकै हाराहारी मूल्य हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell