PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

पश्चिम नवलपरासीमा दम्पतीको हत्या, अनुसन्धान गर्दै प्रहरी



पहिलोपोस्ट

पश्चिम नवलपरासीमा दम्पतीको हत्या, अनुसन्धान गर्दै प्रहरी

बुटवल : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पत्तिको हत्या भएको छ। प्रतापपुर ८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) विनोद सिलवालले जानकारी दिए। 

उनीहरुको सोमबार राति हत्या भएको हो। गाईपालन गर्दै आएका दम्पतीको शव धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अवस्थामा गोठ नजिकै फेला परेको एसपी सिलवालले बताए। उनीहरुको घर बैरिहवामा पर्छ। घरमा छोराछोरीहरु बस्दै आएका थिए। दम्पत्ति भने गाईबस्तुको रेखदेख गर्न भन्दै गोठमा बस्दै आएको प्रहरीले जनाएको छ। सोही गोठमा उनीहरुको हत्या भएको हो।

घटनास्थलमा अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको छ। हत्याबारे थप अनुसन्धान भइरहेको एसपी सिलवालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell