PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

ग्रामीण चलचित्र महोत्सवमा प्रिमियर हुनेछ 'लुङा'



पहिलोपोस्ट

ग्रामीण चलचित्र महोत्सवमा प्रिमियर हुनेछ 'लुङा'

काठमाडौं : काभ्रेको भकुण्डेबेसीमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को दोस्रो संस्करण जेठ २५ गतेबाट सुरु हुँदैछ। तीनदिनसम्म चल्ने महोत्सवमा लिम्बु संस्कृतिमाथि आधारित फिल्म ‘लुङा’ को प्रिमियर हुने भएको छ। साउन ५ गतेबाट प्रदर्शन हुने 'लुङा' को सोही कार्यक्रमबाट पहिलोपटक प्रिमियर हुन लागेको हो।

महोत्सवमा ग्रामीण फिल्ममा ‘मास्टर क्लास’ पनि चल्नेछ। तेस्रो दिन लेखक एवं निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र अस्कर कलेजका प्राध्यापक रामराजा दाहालको ‘मास्टर क्लास’ रहने आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए।

‘आफ्नै गाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ नारा रहेको यसपटकको महोत्सवमा दुई दर्जन बढी फिल्महरू सहभागी गराइनेछ। ‘झिंगेदाउ’, ‘प्रकाश’ लागयत तामाङ र गुरुङ फिल्महरू महोत्सवमा प्रदर्शन गरिने बताइएको छ।

स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु र नेपाली फिल्म हेर्ने बानी बसाल्नु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell