PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

करका दर हेरफेर प्रकरणले संसदमा रस्साकस्सी, दुई घण्टासम्म बैठक सुरु नभएपछि जारी भयो सूचना



पहिलोपोस्ट

करका दर हेरफेर प्रकरणले संसदमा रस्साकस्सी, दुई घण्टासम्म बैठक सुरु नभएपछि जारी भयो सूचना

काठमाडौं : बजेट बनाउदा अनधिकृत व्यक्ति संलग्न गराएको भन्दै प्रश्न उठेपछि प्रतिनिधि सभाको मंगलवारको निर्धारित बैठक प्रभावित भएको छ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक साढे १ बजेसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ। प्रतिपक्षी दलले संसद बैठक अबरोध गर्ने बताएपछि बैठकको सयम सारिएको हो।

नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले करका दर हेरफेरबारे सरकारले प्रष्ट पार्नुपर्ने बताइरहेका छन्। राप्रपाका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले सोमवारकै बैठकमा बैठक चल्न नसक्ने बताएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell