काठमाडौं : प्रतिनिधिसभा बैठक सुरु भएको छ। बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएर करको दर हेरफेर भएको विषयलाई उठाउँदै विपक्षी दलहरुले विरोध जनाएपछि निर्धारित समयमा बैठक सुरु हुन सकेको थिएन।
करको दर हेरफेरबारे अर्थमन्त्री प्रकाशशरण महतले सदनमा आज जवाफ दिनेबारे सहमति भएको छ। अर्थमन्त्री महतले जवाफ दिएपछि अहिले प्रतिनिधिसभामा बजेटबारे छलफल भइरहेको छ।