PahiloPost

Jun 11, 2025 | २९ जेठ २०८२

अर्थमन्त्री महतलाई एमालेले भन्यो : कि चित्तबुझ्दो जवाफ दिनुस्, नभए संसदीय छानबिन समिति गठन गर्नुपर्छ



पहिलोपोस्ट

अर्थमन्त्री महतलाई एमालेले भन्यो : कि चित्तबुझ्दो जवाफ दिनुस्, नभए संसदीय छानबिन समिति गठन गर्नुपर्छ

काठमाडौं : नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले अर्थमन्त्री डा प्रकाशशरण महतसँग जवाफ माग गरेका छन्। बजेट निर्माण गर्दा अनाधिकृत व्यक्तिलाई संलग्न गराएर करको दरबारेको सूचना चुहाएको आरोप महतलाई लागेको हो।

गिरीले चित्तबुझ्दो जवाफ दिनुपर्ने नभए छानबिन समिति गठन गर्नुपर्ने माग मंगलवार गरेका हुन्।

'११ सय भन्दा बढी गाडी बजेटभन्दा अगाडि भित्र्याइयो। १५ प्रतिशत अन्त शुल्क र भन्सार शुल्क बढाउँदा करोडौं घाटा हुन्छ। यो यथार्थ के हो? अर्थमन्त्रीले जवाफ दिनुपर्‍यो,' उनले भने।

बजेट भाषण भएको अघिल्लो रात बिचौलिया राखिएको गिरीले बताए।

'मन्त्रीका स्वकीय सचिवहरु भित्र बाहिर गरेका हुन्छन्। सूचनाको कुनै गोपनियता भएको हुँदैन। बिचौंलियाको इन्ट्रेस्टमा बजेट बनिरहेको हुन्छ, त्यो भन्दा दुर्भाग्य के होला,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell