PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

करको दर हेरफेर प्रकरणमा महतको स्पष्टीकरण : अर्थमन्त्री भएकै दिन प्रभावमा पर्दिनँ भनेर वाचा गरेको छु



पहिलोपोस्ट

करको दर हेरफेर प्रकरणमा महतको स्पष्टीकरण : अर्थमन्त्री भएकै दिन प्रभावमा पर्दिनँ भनेर वाचा गरेको छु

काठमाडौं : अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटमा अनधिकृत व्यक्तिलाई संलग्न नगराएको दाबी गरेका छन्। विपक्षी दलले अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको र सूचना चुहाएको आरोप लगाएपछि मंगलवार प्रतिनिधिसभामा महतले जवाफ दिएका हुन्।

'इमान्दार भएर काम गर्न कति कठिन हुँदो रहेछ। इमान्दार हुँदाखेरी प्रश्न माथि प्रश्न उठ्दोरहेछ,' उनले भने।

महतले आफूले पूरै पारदर्शी तरिकाले काम गरेको दाबी गरे। आफूले अर्थमन्त्री भएकै दिन कसैको पनि प्रभावमा नपरेर काम गर्ने वाचा गरेको पनि महतले बताए।

'अर्थमन्त्री हुने दिनमा नै मैले वाचा गरेँ, कुनै प्रभावबाट मुक्त भएर काम गर्छु भन्ने प्रतिबद्धता गरेको हुँ। म यो पदमा रहेसम्म जिम्मेवारीमा पूर्ण कर्तव्यनिष्ठ भएर काम गर्छु,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell