
काठमाडौं : कलाकार मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया गरिएको छ। सोमवार तिलगंगा आँखा प्रतिष्ठानमा उनको दाँया आँखामा भएको मोतीबिन्दुको शल्यक्रिया गरिएको हो।
श्रेष्ठले नेपालमै बनेको लेन्स राख्न पाउँदा गर्व महसुस भएको बताए।
‘मोती बिन्दुको शल्यक्रिया गर्दा आफ्नै देशको तिलगंगा आँखा अस्पतालमा बनेको लेन्स राख्न पाउदा मलाई गर्व महसुस भएको छ,' श्रेष्ठले लेखेका छन्।
श्रेष्ठको आँखामा तिलगंगा आँखा अस्पतालमै बनेको इन्ट्राकुलर लेन्स (मोतिविन्दु शल्यक्रिया पश्चात राखिने लेन्स) राखिएको थियो।