PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

कर्णाली पुग्यो कांग्रेसको रुपान्तरण अभियान



पहिलोपोस्ट

कर्णाली पुग्यो कांग्रेसको रुपान्तरण अभियान

काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर समूहले थालेको रुपान्तरण अभियान कर्णाली पुगेको छ। मधेश, वाग्मती, गण्डकी हुँदै मंगलबार कर्णालीको सुर्खेतमा कांग्रेसको रुपान्तरण अभियान पुगेको हो।

नेतृत्वप्रतिको वितृष्णको कारण कार्यकर्तामा निराशा आएको भन्दै संस्थापनइतर समूहले देशभर रुपान्तरण अभियान थालेको हो। सुर्खेतमा आयोजित रुपान्तरण कार्यक्रममा नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले रुपान्तरण अभियानले कार्यकर्तामा देखिएको निराशा आशामा बदलिने विश्वास व्यक्त गरे।

नेतृत्वले गलत गर्दा टुलुटुलु हेरेर मात्र बस्न नसेको भन्दै आफूहरु प्रदेशस्तरीय अभियान सकेपछि जिल्लाजिल्ला र गाउँगाउँमा यसलाई फैलाउने बताए।

रुपान्तरण अभियान अन्तर्गत जेठ २६ गते सुदूरपश्चिम प्रदेशको धनगढी र जेठ २९ गते कोशी प्रदेशको इटहरीमा प्रदेशस्तरीय भेला हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell