PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

अन्तिम खेलका लागि चर्च ब्वाइजले साँच्यो जितको सेलिब्रेसन



मुकुन्द घिमिरे

अन्तिम खेलका लागि चर्च ब्वाइजले साँच्यो जितको सेलिब्रेसन

काठमाडौं : चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलवार सम्पन्न २५ औं चरणको खेलमा थ्री स्टार क्लबलाई हराउँदै चर्च ब्वाइज च्याम्पियन बनेको हो।

च्याम्पियन बनेको चर्च ब्वाइजले मैदानमा सेलिब्रेट भने गरेन। टोलीका कप्तान अनन्त तामाङले सेलिब्रेसन लिगको अन्तिम खेलको लागि साँचेको बताए।

उनले च्याम्पियन बन्दासम्म टिममा निके उतारचढाव देखेको बताए।

भने, 'बिचमा कोचबिना खेल्दा डाउन महसुस गरेका थियौँ। सुख दु:ख धेरै भयो। सुरुमा आउँदा टिममा पूर्वराष्ट्रिय खेलाडी पनि थिए। बिचमा भने प्रदर्शन देखेर निराश पनि थिएँ। उतारचढाब सबै भयो एकदमै खुशी छौँ।'

यस्तै, चर्च ब्वाइजका अन्जन विष्टले भने, 'छैटौँ खेलमा ड्र मनाङसँग ब्याक गर्दा मैले ब्याक गरेको थियो। त्यो पछि हाम्रो मोरल उच्च भयो। त्यो मोमेन्टमलाई हामीले अघि बढाउन सफल भयौँ।'

टोलीका प्रशिक्षक बालगोपाल महर्जनले टिममा चोटका कारण खेलाडीहरु प्रभावित भए पनि अन्तिमसम्म सबैको साथले आफूहरुले उपाधि चुम्न सफल भएको बताए।

 'इन्ज्युरीले धेरै गाह्रो पार्‍यो। एरिक, अन्जन लगायत दक्षिण एसियाली कोटाको खेलाडी घाइते हुँदा गाह्रो भयो। मलगायत सबैलाई परिवार जस्तो गरेर बस्यौँ। श्रेय सबैलाई दिन्छु,' महर्जनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell