PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जब दशरथ रंगशालामा च्याम्पियन बन्यो चर्च ब्वाइज...

जब दशरथ रंगशालामा च्याम्पियन बन्यो चर्च ब्वाइज...

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलवार सम्पन्न २५ औं चरणको खेलमा थ्री स्टार क्लबलाई हराउँदै चर्च ब्वाइज च्याम्पियन बनेको हो।

ए डिभिजन लिग प्रवेश गरेको पहिलो सिजनमा नै चर्च ब्वाइज विजेता बनेको हो।

बराबरीमा रोकिएको पहिलो हाफमा दुबै टोलीले केही अवसर बनाए पनि गोल हुन सकेन। खेलको ३८ औं मिनेटमा एरिक विष्टले प्रहार गरेको कर्नर बललाई ६ यार्डभित्र रहेका अनन्त तामाङले हेड गरेका थिए। उक्त बललाई थ्री स्टारका गोलकिपर अरुण ब्लोनले पञ्च गर्दै जोगाएका थिए।

दोस्रो हाफमा खेल आक्रामक बन्दै गयो। खेल गोल रहित बराबरीमा रोकिएपछि चर्च ब्वाइज च्याम्पियन बनेको हो।

च्याम्पियन बनेको चर्च ब्वाइजले यसअघि मनाङ मर्स्याङदी क्लबले बनाएको दुर्लभ कीर्तिमानलाई दोहोर्‍याएको छ। विसं २०४० सालमा डी डिभिजन जितेको मनाङले ४१ सालमा 'सी' डिभिजन, २०४२ सालमा 'बी' डिभिजन जितेर लिग पिरामिडको शीर्ष डिभिजनमा पुगेको थियो।

२०४३ सालमा पहिलो पटक 'ए' डिभिजन लिग खेलेको मनाङले उपाधि नै जित्यो आफ्नो पहिलो सिजनमा नै। तर, मनाङ यतिमै रोकिएन। २०४४ र २०४६ मा पनि लगातार च्याम्पियन बन्दै नेपाली फुटबलमा आफ्नो दबदबा बनाउन सफल भयो। त्यसयता मनाङले २०५७, २०६०, २०६२, २०७० र २०७५ को लिग जित्न सफल भयो।

मनाङ जस्तै लगातार 'सी' डिभिजन, 'बी' डिभिजन र 'ए' डिभिजन जित्ने सफलता चर्च ब्वाइजले पायो। २०६६ सालमा स्थापना भएको चर्च ब्वाइजले सी डिभिजन क्वालिफायर्समा भने धेरै मेहेनत गर्नुपरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell