
काठमाडौंः सुनकोसी नदीमा बेपत्ता प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) का दुई कर्मचारीको शव फेला पारिएको छ। हराइरहेको गाडी र दुई शव प्रहरीले फेला पारेको हो।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको टोलीले मंगलबार साँझ गाडी र दुई शव बाहिर निकालेको हो। शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
शुक्रबार दिउँसो सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ स्थित लौकुनबाट उक्त गाडी नदीमा खसेको थियो।
बा १ झ ७४६७ नम्बरको उक्त गाडी गोताखोरको टोलीले बाहिर निकालेको हो। चालकसहित चार जना सवार उक्त गाडी नदीमा खसेको थियो। चालक कृष्णा चौधरीले नदीमा पौडेर ज्यान जोगाएका थिए। चौधरी पनि घाइते छन्।