PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध बहालवाला न्यायाधीशको उजुरी, सुनुवाइबाट अस्वीकृत गर्न माग



पहिलोपोस्ट

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध बहालवाला न्यायाधीशको उजुरी, सुनुवाइबाट अस्वीकृत गर्न माग

काठमाडौंः सर्वोच्चका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध एक जिल्ला न्यायाधीशले उजुरी दिएका छन्। संसदीय सुनुवाइ समितिले आश्वान गरेको समय सीमाभित्र अर्घाखाँची जिल्लामा कार्यरत न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले उजुरी दिएका हुन्। 

कार्की न्यायलयको नेतृत्वका लागि असक्षम रहेको व्यहोरामा उजुरी परेको समिति स्रोतले बतायो। 

उजुरीमा कार्कीलाई नियुक्तिका लागि सिफारिस नगर्न पनि माग गरिएको छ। यस्तै, कार्यविधि कानुन अभावमै भएको सिफारिस त्रुटिपूर्ण भएकोमा पनि ध्यानाकर्षण गराइएको छ। कानुन अभावमा भएको सिफारिस अनुसार नियुक्ति गर्न नमिल्ने जिकिर उजुरीमा गरिएको छ। 

सर्वोच्चका कायम मुकायम प्रधानन्यायाधीश समेत रहेका कर्कीलाई बहालवाला न्यायाधीशले नै उजुरी गरेका हुन्। बहालवाला न्यायाधीशले प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी गरेको यो पहिलोपटक हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell