PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फ्यानका अगाडि किन नाङ्गै पैताला पुग्छन् अमिताभ बच्चन?



पहिलोपोस्ट

फ्यानका अगाडि किन नाङ्गै पैताला पुग्छन् अमिताभ बच्चन?

बलिउडका मेगास्टार अमिताभ बच्चनको फ्यान फलोइङ कस्तो छ भन्ने सबैलाई थाहा भएकै विषय हो। उनको घर अगाडि लाग्ने भिडले त्यसको झल्को दिने नै गर्छ। अमिताभको नियमित कामभित्र पर्छ तिनै फ्यानसामु देखिनु। हात हल्लाउनु र उनीहरु प्रेम प्रदर्शन गर्नु। यी सबै गतिविधि गरिरहँदा अमिताभको खुट्टा भने नाङ्गै देखिन्छ। समर्थकको प्रश्न हुने गर्छ - आखिर यति ठूलो सुपरस्टार नाङ्गै पैताला किन सामुन्नेमा देखा पर्छन्?
प्रश्न स्वभाविक पनि हो। उत्तर चाहिँ अमिताभले मंगलवार इन्स्टाग्राममार्फत् दिएका छन्। आफ्नै तस्बिर सार्वजनिक गर्दै अमिताभले लेखेका छन् - म त्यसै गर्छु...। तपाईँ मन्दिरमा नाङ्गो पैताला नै जानुहुन्छ। आइतवार भेला हुने मेरा समर्थकहरु मेरो लागि मन्दिर हो। मैले यसो गर्दा कुनै समस्या छ?'

जस्तो व्यक्ति उस्तै जवाफ। दर्शकलाई भगवान र मन्दिरको दर्जा दिने कलाकार वास्तवमा नै कलाको पूजारी हो भन्न गाह्रो पर्दैन।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell