PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

लिगले ‘च्याम्पियन’ पाएपछि नजर ‘रेलिगेशनमा’, दबाबमा फ्रेन्ड्स क्लब



पहिलोपोस्ट

लिगले ‘च्याम्पियन’ पाएपछि नजर ‘रेलिगेशनमा’, दबाबमा फ्रेन्ड्स क्लब
फाइल फोटो : एन्फा

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगले मंगलवार ‘च्याम्पियन’ पायो। ‘ए’ डिभिजन लिगमा उक्लिएकै वर्षमा चर्च ब्वाइज ‘च्याम्पियन’ बन्यो।

मंगलवार दुई महत्वपूर्ण खेलमध्ये एउटामा चर्च ब्वाइज थ्री स्टारसँग बराबरी खेलेर ‘च्याम्पियन’ बन्दा अर्को खेलमा एपीएफलाई हराएर चर्च खुमलटार एफसीले ‘रेलिगेशन’ तत्काललाई टार्‍यो। लिगको ‘च्याम्पियन’ मिलेपछि अबको मुख्य चासो छ ‘रेलिगेशन’मा जाने टोली कुन?

अंकतालिका हेर्दा ‘रेलिगेशन’को जोखिममा सबैभन्दा तीव्र प्रतिस्पर्धा तीन टोलीबिच भइरहेको छ। १२औँ स्थानमा रहेको थ्री स्टार, १३औँ स्थानमा रहेको खुमलटार र १४औँ स्थानमा रहेको फ्रेन्ड्स।

यी तीन टोलीले क्रमशः २९, २७ र २६ अंक जोडेका छन्। खुमलटार र थ्री स्टारले २५ खेल खेल्दा फ्रेन्ड्सले २४ खेल खेलेको छ। आज संकटाविरुद्ध मैदान उत्रने फ्रेन्ड्स क्लबलाई ‘रेलिगेशन’बाट बच्न जितको दबाब रहनेछ।

आज तीन खेल, नजर रहनेछ फ्रेन्ड्समा

लिगमा आज तीन खेल हुँदैछन्। पहिलो दुई खेलमा च्यासल मैदानमा मनाङ मर्स्याङदी क्लब र न्युरोड टिम (एनआरटी) भिड्नेछन् भने दशरथ रंगशालामा हिमालयन शेर्पा क्लब र मछिन्द्र क्लब भिड्नेछन्। दुवै खेल दिउँसो ३ बजे सुरु हुनेछ।

आज हुने तेस्रो खेल अझ रोचक बन्नेछ। तेस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लब भिड्नेछन्। संकटाले जितेको खण्डमा फ्रेन्ड्स क्लब जारी सिजनमा ‘रेलिगेशन’मा जाने सम्भावना बलियो बन्छ। फ्रेन्ड्सले जितेको खण्डमा भने ‘रेलिगेशन’ ब्याटलको समीकरण थप रोचक बनेर जानेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell