PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बिरामीबाट लिएको शुल्क कम देखाएर ठगी गर्ने मेडिसिटीका तीन कर्मचारी पक्राउ



पहिलोपोस्ट

बिरामीबाट लिएको शुल्क कम देखाएर ठगी गर्ने मेडिसिटीका तीन कर्मचारी पक्राउ

काठमाडौं : अस्पतालको लाखौं रुपैयाँ ठगी गर्ने तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरमा बिलिङ सेक्सनमा काम गर्ने कर्मचारीलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिका - ४ घर भएका ३४ वर्षीय राघव सापकोटा, ललितपुर गोदावरी नगरपालिका - ११ चापागाउँ बस्ने  २९ वर्षीय सनम देशार र काठमाडौं बालुवाटार बस्ने वर्ष ३४ को आशिष अर्याल रहेका छन्।

उनीहरुले अस्पतालमा प्रयोग हुँदैं आएको शुक्र नामको सफ्टवेयरको दुरुपयोग गरी बिरामीहबाट बेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिई निजहरुबाट लिएको शुल्क भन्दा कम शुल्क चढाएर ठगी गरेको अनुसन्धानमा खुलेको छ।

अस्पतालले ठगीको जानकारी प्रहरीलाई गराएपछि अनुसन्धान थालेको थियो। उनीहरुले दुई करोड त्रिसठ्ठी लाख पचपन्न हजार एक रुपैंया ठगी गरेको खुलेको छ।

अपराधिक लाभ तथा अपराधिक विश्वासघात सम्बन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट  पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell