PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ठमेलमा २६ वर्षीया युवतीको हत्या, ३० वर्षीय युवक समातिए



पहिलोपोस्ट

ठमेलमा २६ वर्षीया युवतीको हत्या, ३० वर्षीय युवक समातिए

काठमाडौं : ठमेलमा एक युवतीको हत्या भएको छ।

काठमाडौं महानगरपालिका-२६ ठमेल भगवती वहाल डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको प्रहरीले जानकारी दिएको छ। हत्या अभियोगमा प्रहरीले सोही ठाउँ डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका-१० घर भएका ३० वर्षीय अमर रञ्जितकारलाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उनीहरू बिच आपसी विवाद भइ झै-झगडा एवम् कुटपिट हुँदा गम्भीर घाइते भएकी जेनिशाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell