PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

भर्जिनियामा दीक्षान्त समारोह चलिरहँदा गोली प्रहार गरि दुईजनाको हत्या



पहिलोपोस्ट

भर्जिनियामा दीक्षान्त समारोह चलिरहँदा गोली प्रहार गरि दुईजनाको हत्या
Photo : Reuters

अमेरिकाको भर्जिनियामा एक विद्यालयको दीक्षान्त समारोहमा गोली चलेको छ। रिचमण्डमा रहेको ह्युजनट हाइ स्कुलको दीक्षान्त समारोहमा गोली चल्दा दुईजनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन्।

यो घटनापछि बुधवारका लागि तय भएको अन्य दीक्षान्त समारोहसँगै कक्षाहरु पनि स्थगित गरिएको छ।

मृत्यु हुनेमा दीक्षान्त समारोहमा सहभागी भएका १८ वर्षीय विद्यार्थी र उनका ३६ वर्षीय बुवा रहेको प्रहरीले जनाएको छ। उनीहरुको पहिचान भने सार्वजनिक गरिएको छैन।

गोली चलाएको आरोपमा प्रहरीले १९ वर्षीय युवालाई पक्राउ गरेको छ। यस्तै, प्रहरीले अर्का एक व्यक्तिलाई 'ह्यान्डगन'सहित पक्राउ गरेको छ। तर, यो घटनामा उनको संलग्नता भने नभएको प्रहरीको अनुमान छ।

घाइते पाँचजनाको अवस्था सामान्य रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell