PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

चार लाख बढी भारतीय रुपैयाँको स्रोत खुलाउन नसक्दा पक्राउ परे युवक



पहिलोपोस्ट

चार लाख बढी भारतीय रुपैयाँको स्रोत खुलाउन नसक्दा पक्राउ परे युवक

बुटवल : कपिलवस्तु प्रहरीले स्रोत नखुलेको चार लाख बढी भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका-३ का २२ वर्षीय राजकुमार पुन रहेका छन्।

कृष्णनगर नगरपालिका-२ यात्रुगेट नजिकैबाट मंगलवार राति ९ बजेतिर ४ लाख १७ हजार भारतीय रुपैयाँसहित पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका पुनको झोला जाँच गर्ने क्रममा भारतीय नोट फेला परेका थिए।

भारतीय ५ सय दरका नोट ७ सय ९४ थान र २ सय दरका नोट एक सय थान फेला परेको प्रहरी नायब उपरीक्षक घलेले बताए। उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell