PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

क्यानडामा लागेको डढेलोले न्यूयोर्क बन्यो संसारकै प्रदूषित शहर



पहिलोपोस्ट

क्यानडामा लागेको डढेलोले न्यूयोर्क बन्यो संसारकै प्रदूषित शहर
Photo : Getty images

क्यानडाको क्युबेकमा लागेको डढेलोका कारण अमेरिकाको न्यूयोर्कमा वायु प्रदूषण बढेको छ। मंगलवार यता न्यूयोर्क विश्वकै प्रदूषित शहरको सूचीमा परेको छ। डढेलोले एकहप्ता यता उत्तरपूर्वी अमेरिका र मध्य एट्लान्टिक शहरमा प्रदूषण बढाएको हो।

आइक्यूएयरका अनुसार मंगलवार न्यूयोकको वायुको गुण्स्तर २०० भन्दा माथि थियो। बुधवार कुवेतसँगै न्यूयोर्कको वायुको गुणस्तर १७० रहेको छ। यो भनेको न्यूयोर्कको वायु निकै अस्वस्थकर हुनु हो।

वायु प्रदूषण बढेपछि न्यूयोर्क स्टेटमा रहेको १० विद्यालयले 'आउटडोर' क्रियाकलापलाई स्थगित गरेको छ।

क्युबेकमा यो सातामात्रै १५० वटा भन्दा बढी स्थानमा डढेलो लागेको 'रेकर्ड' भएको छ।  सन् २०२३ मा मात्रै क्युबेकका ४०० भन्दा बढी क्षेत्रमा डढेलो लागेको क्यानडाको फरेस्ट फायर सेन्टरले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell