PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

सिर्सिया नदी र चुरे संरक्षणको माग गर्दै माइतीघरमा धर्ना



पहिलोपोस्ट

सिर्सिया नदी र चुरे संरक्षणको माग गर्दै माइतीघरमा धर्ना

काठमाडौं : सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउन र चुरे वन जंगल संरक्षणको माग गर्दै माइतीघरमा अभियन्ताहरुले धर्ना दिएका छन्। चुरे अभियन्ता सुनिल यादवको नेतत्वमा संरक्षणकर्मीहरु वीरगंजदेखि काठमाडौंको माइतीघरसम्म आएर धर्नामा बसेका हुन्।

धर्नामा बसेकाहरुले सिर्सिया नदीलाई अतिक्रमण मुक्त र प्रदूषण मुक्त बनाउन माग गरेका थिए। यस्तै, चुरे क्षेत्रको संरक्षणमा पनि सरकारले चासो राख्नुपर्ने उनीहरुको नारा थियो।

धर्ना कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुगेर अभियन्ताहरुलाई भेटेका थिए। उनले सिर्सिया नदी र चुरे संरक्षणमा सरकार लागिरहेको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell