PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

अखण्ड भारतको नक्सालाई लिएर बंगलादेशमा पनि विरोध, भारतसँग माग्यो स्पष्टीकरण



पहिलोपोस्ट

अखण्ड भारतको नक्सालाई लिएर बंगलादेशमा पनि विरोध, भारतसँग माग्यो स्पष्टीकरण

भारतको नयाँ संसद भवनमा राखिएको 'अखण्ड भारत' नक्सालाई लिएर विवाद जारी छ। नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्र नक्सामा देखाइएको भन्दै विरोध भइरहँदा बंगलादेशले पनि भारतसँग नक्साबारे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

बंगलादेशकाका विदेश मन्त्री शाहरियर आलमले नयाँ दिल्लीमा रहेको दूतावासलाई भारतसँग नक्साबारे स्पष्टीकरण माग्न निर्देशन दिएको दि हिन्दुले उल्लेख गरेका छन्।

बंगलादेशमा भने सत्तारुढ अवामी लिगबाहेकका पार्टीले नक्साको विरोध गरिरहेका छन्। बंगाली पोर्टल प्रोथोमालोका अनुसार सत्तारुढ गठबन्धनमै रहेको जतियो समाजतान्त्रिक दलले अखण्ड भारत कहिलै नभएको भन्दै विरोध गरिसकेको छ। बंगलादेश नेश्नलिस्ट पार्टीले पनि नक्सा बंगलादेशको स्वतन्त्रता र सार्वभौमिकतामाथि प्रहार भएको जनाएको छ। अधिकांश विपक्षी पार्टीहरुले नक्सा हटाउन माग गरेका छन्।

अखण्ड भारतको नक्सामा भारतले पाकिस्तान, नेपाल, अफगानिस्तान, बंगलादेश, म्यानमारसहितका दक्षिण एसियाली देशलाई समेटेको छ। पाकिस्तानले पनि नक्सालाई लिएर विरोध जनाइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell