PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एक करोड १५ लाखमा नाङ्गो गाउँको प्रदर्शन अधिकार बिक्री गरेको दीपेन्द्र लामाको दाबी



पहिलोपोस्ट

एक करोड १५ लाखमा नाङ्गो गाउँको प्रदर्शन अधिकार बिक्री गरेको दीपेन्द्र लामाको दाबी

काठमाडौं: 'नाङ्गो गाउँ’ का निर्देशक दीपेन्द्र लामाले फिल्मले रिलिज अघि नै लगानी उठाउने दाबी गरेका छन्। फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन राइट्स बिक्रीबाटै लगानी बराबर रकम उठाउने उनको दाबी हो।

‘हालसम्म १० भन्दा बढी विदेशी मुलुकमा नाङ्गो गाउँको प्रदर्शन अधिकार बिक्री भइसकेको छ। सबै गरेर हालसम्म १ करोड १५ लाखमा राइट्स बिक्री भइसकेको छ। अझै अन्य देशमा पनि फिल्म रिलिज हुने कुरा भइरहेको छ’, उनले भने।  

नाङ्गो गाउँ भदौ २९ गते रिलिज हुँदैछ। 

लामाका अनुसार अमेरिका तथा क्यानडा राइट्स नेपाल इलेभेन इन्टरटेनमेन्टले किनेको छ। अमेरिका र क्यानडाका ५० बढी शहरमा फिल्म प्रदर्शन पक्क भएको लामाको भनाइ छ।त्यसैगरि, अस्ट्रेलिया र न्युजिल्यान्डको प्रदर्शन अधिकार भने ‘एमएसएम इन्टरटेनमेन्टस’ ले खरिद गरेको छ। अस्ट्रेलियाका विभिन्न शहर र न्युजिल्यान्डमा गरि ७५ भन्दा बढी शोहरु पक्का भएको उनको दाबी छ।

मनिष्मा फिल्मस्को ब्यानरमा निर्माण रहेको फिल्ममा हिमाल शर्माको लगानी छ। यस फिल्ममा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्य लक्ष्मी शाह र कार्मको मुख्य भूमिका छ। साथै फिल्ममा शिशिर वाङ्देल, रविन्द्र झा, बुद्धि तामाङ, पुष्कर गुरुङ लगायतको पनि अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell