PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

समाज चिनाउने चित्र, कार्टुनमार्फत व्यङ्ग्य : के के छ ललितकला प्रदर्शनीमा?

समाज चिनाउने चित्र, कार्टुनमार्फत व्यङ्ग्य : के के छ ललितकला प्रदर्शनीमा?

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौंस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र आर्ट काउन्सिल नेपालका हलहरुमा अहिले छुट्टै माहोल बनेको छ। भित्ताभरि रंगिन पेन्टिङहरु सजिएका छन्। कलाकृतिहरु हेर्न आउने दर्शकको भिड पनि बाक्लै छ। यो माहोल जुटाइदिएको हो ‘राष्ट्रिय ललितकला प्रदर्शन २०८०’ ले।

जेठ १५ गतेबाट सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनीमा देशैभर छरिएर रहेका कलाकारका कलाकृतिहरु अटाएका छन्। प्रदर्शनीमा सातै प्रदेशका ६१० कलाकारहरुका झण्डै ७०० कलाकृतिहरु समावेश गरिएको छ।

प्रदर्शनीमा लोककला तथा परम्परागत चित्रकला विधाका साथै आधुनिक चित्रकला, हस्तकला, परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला लगायतका विधाका कलाकृति हेर्न पाइन्छ। साथै, कार्टुन तथा तस्विरहरुसमेत प्रदर्शनीमा राखिएको छ।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको आयोजना रहेको प्रदर्शनीको थिम ‘म, मेरो देश र मेरो सिर्जना’ रहेको छ। प्रदर्शनी जेठ ३० गतेसम्म चल्नेछ।

 



ट्रेन्डिङ पोस्ट

Ncell