PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'हाइब्रिड मोडल' अस्वीकार भएसँगै एसिया कप खेलाउने तयारीमा श्रीलंका, के गर्ला पाकिस्तानले?



पहिलोपोस्ट

'हाइब्रिड मोडल' अस्वीकार भएसँगै एसिया कप खेलाउने तयारीमा श्रीलंका, के गर्ला पाकिस्तानले?

पाकिस्तानमा हुने भनिएको एसिया कप संचालनबारे अझै कुनै निर्णय हुन सकेको छैन। भारतले पाकिस्तान गएर नखेल्ने र पाकिस्तानले पनि अन्य देशमा प्रतियोगिता भए बाहिरिने चेतावनीले एसिया कप ओझेलमा परेको हो।

पाकिस्तान क्रिकेट बोर्डले भारतको खेल 'न्यूट्रल भेन्यू'मा हुने गरि 'हाइब्रिड मोडल' समेत प्रस्ताव गरेको थियो। तर, पीटीआइका अनुसार भारतीय क्रिकेट कन्ट्रोल बोर्डसँगै श्रीलंका, बंगलादेश र अफगानिस्तानले पनि 'हाइब्रिड मोडल'लाई अस्वीकार गरेको छ।

बीसीसीआईका महासचिव रहेका जय शाह एसियाली देशका क्रिकेट काउन्सिल प्रमुखहरुसँग आइपीएलको फाइनल खेलका क्रममा एसिया कपबारे छलफल गरेका थिए। एसीसीका अध्यक्षसमेत रहेका शाहले बंगलादेश, अफगानिस्तान र श्रीलंका क्रिकेट बोर्डका अध्यक्षहरुलाई आइपीएल २०२३ को फाइनल खेल हेर्न निम्तो दिएका थिए। त्यहीँ  नै 'हाइब्रिड मोडल' र एसिया कपको भविष्यबारे छलफल भएको थियो।

एसिया कपमा नेपाल पनि छनोट भएको छ। निर्णय प्रक्रियामा भने नेपाल क्रिकेट संघलाई कतै पनि संलग्न गराइएको छैन।

एसिया कपमा संलग्न हुने अधिकांश देशले 'हाइब्रिड मोडल' अस्वीकार गरेपछि पाकिस्तान क्रिकेट बोर्ड एसियन क्रिकेट काउन्सिलको निर्माण कुरिरहेको छ।

रिपोर्टहरुका अनुसार एसिया कप पाकिस्तानबाट छिनिए प्रतियोगिता संचालन गर्न श्रीलंकाले चासो देखाइसकेको छ। श्रीलंकालाई अन्य देशको समेत समर्थन छ।

पीसीबीले भने 'हाइब्रिड मोडल'मा भारतबाहेक अन्य देशलाई कुनै अप्ठेरो नभएको दाबी गरिरहेको छ। 'हाइब्रिड मोडल' अस्वीकार गरेको खण्डले पाकिस्तानले भारतमा हुने विश्वकप पनि बहिष्कार गर्नेछ। पाकिस्तानले एसिया कपमा पनि नखेल्न सक्छ।

एसिया कप हुने नहुने भन्ने विषयमा द्विविधि रहे पनि एसिसि र आइसीसीले भने यसबारेमा केही बोलेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell