PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तनावपूर्ण खेलमा घम्साघम्सीपछि ­हिमालयन शेर्पामाथि मछिन्द्रको जित, मनाङ न्युरोडसँग पराजित



पहिलोपोस्ट

तनावपूर्ण खेलमा घम्साघम्सीपछि ­हिमालयन शेर्पामाथि मछिन्द्रको जित, मनाङ न्युरोडसँग पराजित
फाइल फोटो एन्फँ

काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत बुधवार सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबलाई मछिन्द्र क्लबले हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा शेर्पालाई मछिन्द्रले ३-१ गोलअन्तरले हराएको हो।

खेलको २६ औँ मिनेटमा विमल घर्ती मगरको गोलमा मछिन्द्र क्लबले अग्रता बनाएको थियो। दोस्रो र तेस्रो गोल ओलावाले अफीजले गरे। उनले ६८ र ७७ औँ मिनेटमा गोल गरेका थिए। ८० औँ मिनेट पछि खेल तनावपूर्ण बनेको थियो। मछिन्द्र क्लबका गोलकिपर विशाल श्रेष्ठले वानभर्सेस वानको अवस्थामा खराब ट्याकल गर्दा दोहोरो पहेँलो कार्ड प्राप्त गर्दै बाहिरिए।  खेलमा हातहालाहालको समेत अवस्था हुँदा हिमालयन शेर्पाका निशान लिम्बूले पनि रेडकार्ड ब्यहोरे। त्यस्तै  मछिन्द्रका ओलमेलाजा करिमले र शेर्पाका अमृत श्रेष्ठले पहेँलो कार्ड ब्यहोरे। 

हिमालयन शेर्पाका लागि मुतम्बा पिस्टोनले ९० औँ मिनेटमा गोल फर्काए।

त्यस्तै आजै च्यासल स्टेडियममा सम्पन्न खेलमा न्युरोड टिम एनआरटीले मनाङ मर्स्याङदी क्लबलाई १-० गोलअन्तरले हरायो। एनआरटीको जितमा दीपेश आलेले निर्णायक गोल गरे।

योसँगै ४२ अंक जोडेर मछिन्द्र क्लबले आफूलाई दोस्रो स्थानमा बलियो बनाउँदै उपविजेता बन्ने पक्का गरेको छ। शीर्षस्थानमा रहेको चर्च ब्वाइजले एक खेल अगावै च्याम्पियन बनिसकेको छ। त्यस्तै ३३ अंक जोडेर न्युरोड टिम छैटौँ स्थानमा उक्लिँदा ३२ अंक जोडेको मनाङ तालिकाको सातौँ स्थानमा झरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell