PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

फोटोमा क्यानडाको डढेलोका कारण धुम्मिएको न्यूयोर्कलगायत शहरका आकाश

फोटोमा क्यानडाको डढेलोका कारण धुम्मिएको न्यूयोर्कलगायत शहरका आकाश

पहिलोपोस्ट /पहिलोपोस्ट


अमेरिकाको न्यूयोर्कमा क्यानडाको क्युबेकमा लागेको डढेलोका कारण वायु प्रदूषण बढेको छ। मंगलवार यता न्यूयोर्क विश्वकै प्रदूषित शहरको सूचीमा परेको छ। डढेलोले एकहप्ता यता उत्तरपूर्वी अमेरिका र मध्य एट्लान्टिक शहरमा प्रदूषण बढाएको हो।

फोर्ट लीको न्यू जर्सीमा एक व्यक्ति जर्ज वाशिंगटन ब्रिज नजिक फोनमा कुरा गर्दै। Photo: Seth Wenig/AP


आइक्यूएयरका अनुसार मंगलवार न्यूयोकको वायुको गुणस्तर २०० भन्दा माथि थियो। बुधवार कुवेतसँगै न्यूयोर्कको वायुको गुणस्तर १७० रहेको छ। यो भनेको न्यूयोर्कको वायु निकै अस्वस्थकर हुनु हो।

सूर्योदयपछि आकाश धुवाँले भरिएको न्यूयोर्क शहरमा एक महिला हडसन नदीको किनारमा दौडिँदै। Photo: Mike Segar/Reuters


वायु प्रदूषण बढेपछि न्यूयोर्क स्टेटमा रहेको १० विद्यालयले ‘आउटडोर’ क्रियाकलापलाई स्थगित गरेको छ।

जुन ६ मा न्यूयोर्क यान्कीज बेसबल खेलको समयमा धुम्मिएको आकाश। Photo: Frank Franklin II/AP


क्युबेकमा यो सातामात्रै १५० वटा भन्दा बढी स्थानमा डढेलो लागेको ‘रेकर्ड’ भएको छ। सन् २०२३ मा मात्रै क्युबेकका ४०० भन्दा बढी क्षेत्रमा डढेलो लागेको क्यानडाको फरेस्ट फायर सेन्टरले जनाएको छ।

म्यासाचुसेट्सको रक हार्बरमा ‘ब्याकड्रप’ जस्तै देखिएको धुवाँले भरिएको आकाश। Photo: Merrily Cassidy/Cape Cod Times/USA Today Network


टोरन्टोको सीएन टावरमा मानिसहरूले जुन ६ मा धुवाँले भरिएको शहरको तस्बिरहरू खिच्दै। Photo: Carlos Osorio/Reuters


फोर्ट नेल्सनमा मे २७ मा जंगलमा लागेको आगोबाट निस्किएको धुवाँ। Photo: B.C. Wildfire Service via Reuters


 

जुन ६ मा न्यूयोर्कको वायु प्रदूषणका कारण अस्पष्ट देखिएको ‘स्ट्याच्यू अफ लिबर्टी’। Photo: Amr Alfiky/Reuters
जुन ७ मा धुवाँ ढाकेको वाशिंगटन डीसीमा रहेको लिंकन मेमोरियल रिफ्लेक्टिङ पूल र नेशनल मल। Photo: Leah Millis/Reuters
जुन ७ मा न्यूयोर्क शहरको धमिलो क्षितिजमा उदाउँदै गरेको सूर्य। Photo: Seth Wenig/AP
जुन ७ मा वेस्ट न्याकबाट उत्तरतिर हेर्दा धुवाँले ढाकिएको न्यूयोर्क स्टेट थ्रुवेको अस्पष्ट दृश्य। Photo: Peter Carr/The Journal News/USA Today Network
अग्नि नियन्त्रक जेसन रकले जुन 3 मा शेलबर्न काउन्टी, नोभा स्कोटियाको जंगलमा लागेको आगो निभाउँदै। Photo: Communications Nova Scotia via Reuters


ट्रेन्डिङ पोस्ट

Ncell