PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आजदेखि



पहिलोपोस्ट

बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आजदेखि
फाइल फोटो

काठमाडौं : डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ। भक्तपुरको एक पार्टी प्यालेसमा बस्‍ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम बारे निर्णय गर्ने जनाइएको छ।

बैठकमा अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले सुझाव दिनेछन्। यसका साथै सांगठनिक प्रस्ताव पनि बैठकमा पेश हुनेछ। पार्टीको विधान मस्यौदाको तयारीबारे पनि छलफल हुने जनाइएको छ। बैठक दुई दिन चल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell