PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

विक्की कौशलले कट्रिना कैफसँगको विवाहलाई भने : पराठा वेड्स प्यानकेक



पहिलोपोस्ट

विक्की कौशलले कट्रिना कैफसँगको विवाहलाई भने : पराठा वेड्स प्यानकेक

सारा अलि खान र विक्की कौशल अभिनित फिल्म 'जरा हट्के जरा बच्के' अहिले प्रदर्शनरत् छन्। दर्शकहरुको साथ पाइरहेको सो फिल्मको प्रचारमा दुवै कलाकार लागेका छन्।

यसबिच विक्कीले 'न्यूज टक'सँगको कुराकानीमा कट्रिना कैफसँगको विवाहलाई ‘पराठा वेड्स प्यानकेक’ भनेका छन्।

विक्कीलाई कट्रिनालाई पराठा मन पर्छ भनेर प्रश्न सोधिएको थियो। जवाफमा विक्कलीले कट्रिनाले आफ्नी आमाले बनाएको पराठा मनपराउने बताए। निकै 'हेल्थ कन्सियस' कट्रिनालाई प्यानकेक भने धेरै मनपर्ने उनले बताए।

'हाम्रो विवाह पराठाले प्यानकेकसँग विवाह गरेको जस्तो हो। उनीहरु समान हुन्। कट्रिनालाई प्यानकेक मनपर्छ, मलाई पराठा। कट्रिनाले पराठा पनि खान्छिन्। उनलाई आमाले बनाएको पराठा मनपर्छ।'

विक्की र कट्रिनाबिच सन् २०२१ को डिसेम्बरमा विवाह भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell