PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

तराईमा गर्मीबारे संसदमा चर्चा, 'विद्युतको आपूर्ति नियमित होस्'



पहिलोपोस्ट

तराईमा गर्मीबारे संसदमा चर्चा, 'विद्युतको आपूर्ति नियमित होस्'

काठमाडौं : सांसदले तराई-मधेशमा केही दिनयता चर्को गर्मीले जीवन कष्टकर भएको जनाउँदै आवश्यक राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद निर्मला कोइरालाले तराई-मधेशका जिल्लामा गर्मीका कारण 'लू' चलेको र जीवन कष्टकर भएको बताइन्। उनले यस्तो अवस्थामा विद्युत् आपूर्ति नियमित नहुँदा जनजीवन झन कष्टकर भएकाले विद्युत् नियमित आपूर्तिका लागि सरकारको ध्यनाकर्षण गराइन्।

यस्तै, सांसद प्रदीप पौडेलले देशभर तापक्रम वृद्धि भएर ४४ डिग्री सेल्यिस पुगेको र जनजीवन कष्टकर भएको तथा कृषि क्षेत्रमा असर पुगेको अवस्थामा तत्कालीन र दीर्घकालीन सामाधानका आवश्यक उपायका बारेमा सरकारसँग माग गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell