
काठमाडौं : सुनको मूल्य फेरि घटेको छ। बिहीबार सुन तोलामा एक हजार रुपैयाँले घटेको हो।
बिहीबार सुनको बजार मूल्य प्रतितोला एक लाख ११ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ। बिहीबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँ छ। बुधबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँ थियो।
बुधबार प्रतिऔंस १९५८.५२ अमेरिकी डलर रहेको सुन घट्दै बिहीबार १९४६.९४ डलरमा कारोबार भइरहेको छ। यसैगरी चाँदी पनि घटेर बिहीबार प्रतिऔंस २३.५९ डलर छ। बुधबार चाँदी प्रतिऔंस २३.४७ किनबेच भएको थियो।