PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

रास्कोटमा जीप दुर्घटना, दम्पतीको मृत्यु



पहिलोपोस्ट

रास्कोटमा जीप दुर्घटना, दम्पतीको मृत्यु

काठमाडौं : कालीकोटको रास्कोट नगरपालिका-२ सेरामा जीप दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

रास्कोटको बसपार्कबाट जितेका लागि छुट्न लागेको ब१च ४६४१ नम्बरको बलेरो जिप दुर्घटना हुँदा रास्कोट नगरपालिका-१ का ४३ वर्षीया मनबहादुर शाही र उनको श्रीमती मनकुमारी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवराज वमले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा सोही ठाउँकी ३० वर्षीया रिता शाही घाइते भएकी छिन्। घाइतेको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरबाट उद्धार गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। स्थानीयका अनुसार चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell