PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

नागरिकता नपाउनुको पीडा मलाई थाहा छ : रवि लामिछाने



पहिलोपोस्ट

नागरिकता नपाउनुको पीडा मलाई थाहा छ : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बजेटको प्राथमिकताले आमजनताको दिनचर्यालाई सम्बोधन गर्नसके मात्र बजेट सफल हुने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै आज उनले बजेटमा राजस्वको आधार निर्धारणमा हेलचेक्रयाइँ गरिएको टिप्पणी गरेका हुन्।

उनले आफूहरुले उठाएका विषयबारे अर्थमन्त्रीसँग विश्वासिलो र भरपर्दो जवाफ माग गर्दै आफूहरु रचनात्मक र सिर्जनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए।

विकास बजेट विनियोजनामा ठूला र प्रभावशाली नेता तथा मन्त्रीका निर्वाचन क्षेत्रमा परम्परागत प्रवृत्ति देखिएको आशङ्का व्यक्त गर्दै उनले स्पष्ट पार्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

सञ्चारमाध्यममा आएका विषयकै कारण संसद् अवरोध गर्न नहुने भन्दै त्यसको तथ्य जाँच गरेर स्पष्ट हुनुपर्ने उनको भनाइ थियो। खर्च कटौतीका नाममा कतिपय संस्थाको महत्वलाई नजरअन्दाज गर्न नहुने उनले सुझाव दिए। सभापति लामिछानेले नागरिकताका सन्दर्भमा आफ्नो पार्टी कुनै पनि समुदायप्रति पक्षपाती नभएकोसमेत स्पष्ट पारे।

सांसद लामिछानेले नागरिक विधेयकका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी कुनै समूदायको विरुद्ध छ भन्ने भाष्य जबरजस्ती निर्माण गरेर निमुखा नागरिकलाई गुमराहमा राख्न खोजिएको भन्दै आपत्ति प्रकट गरे।

लामिछानेले नागरिकले नागरिकता नपाउनुको पीडा समेत थाहा भएको भन्दै नेपाली नागरिक र एकल आमाका सन्तानको अधिकार सुनिश्चित हुनुपर्ने बताए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell