PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

थाइल्याण्डले नाम फिर्तालिँदा नेपाली महिला टोलीलाई अवसर, दुई दिनमा प्रक्रिया सकिए भारत र पाकिस्तान प्रतिस्पर्धी



पहिलोपोस्ट

थाइल्याण्डले नाम फिर्तालिँदा नेपाली महिला टोलीलाई अवसर, दुई दिनमा प्रक्रिया सकिए भारत र पाकिस्तान प्रतिस्पर्धी
फाइल फोटो

काठमाडौं : नेपाली महिला क्रिकेट टोलीले इमर्जिङ टिम्स एसिया कपमा सहभागिता जनाउने अवसर पाएको छ। हङकङमा हुने प्रतियोगिताका लागि थाइल्याण्डले नाम फिर्ता लिए पछि नेपाललाई प्रस्ताव आएको नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए।

'प्रस्ताव आइसकेको हो। हामीले जाने पनि भनिरहेका छौं। अब प्रक्रिया पुरा गरेपछि चाहिँ आधिकारिक घोषणा गर्छौं। हामीले पठाउन पनि खोजिरहेका छौं,' पाठकले भने, 'तर, प्राविधिक कुराहरु र प्रक्रियाहरु धेरै बाँकी छन्। दुई दिनमा टिम पठाइसक्नु पर्ने हुन्छ। सबै प्रक्रिया पुरा भयो भने हामी जान्छौं।'

यो प्रतियोगिताको समूह 'ए' मा भारत 'ए', बंगलादेश 'ए', पाकिस्तान 'ए' र श्रीलंका 'ए' टोली सहभागी हुनेछन् भने चीन, मलेसिया र यूएईका सिनियर टोलीले अर्को समूहमा प्रतिस्पर्धा गर्नेछन्। नेपालले सहभागिता जनाएको खण्डमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका रहेको समूहमा प्रतिस्पर्धा गर्नेछ।

दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। प्रतियोगिता जुन १२ बाट हङकङमा सुरु हुँदैछ। नेपालले सहभागिता जनाएको खण्डमा जुन १३ गते पाकिस्तान ए सँग, जुन १५ मा भारत ए सँग र जुन १७ मा हङकङसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell