PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा, कुन क्लबबाट को परे टिममा?



पहिलोपोस्ट

साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा, कुन क्लबबाट को परे टिममा?
Photo: ANFA

काठमाडौँ: जुन २१ बाट भारतको बेङ्ग्लुरुमा सुरु हुने साफ च्याम्पियनसिपका लागि नेपाली अन्तिम टोलीको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बिहीबार क्षेत्रीय फुटबल च्याम्पियनसिपका लागि आफ्नो अन्तिम टोली घोषणा गरेका हुन्।

च्याम्पियनसिपकामा नेपालको समूहमा कुवेत, भारत र पाकिस्तान रहेका छन्। नेपालले जुन २१ (असार ६ गते) मा कुवेतसँग खेल्नेछ भने जुन २४ ( असार ९ गते) मा भारतसँग खेल्नेछ भने नेपालले समूहको अन्तिम खेल जुन २७ (असार १२) मा पाकिस्तानसँग खेल्नेछ।

च्याम्पियनसिपको तयारी अन्तर्गत नेपालले जुन १५ (जेठ ३२) मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ।

अन्तिम टोली

गोलकिपर : किरण चेम्जोङ (आरजी पञ्जाब), दीप कार्की (मनाङ मर्स्याङदी क्लब), विशाल श्रेष्ठ (मछिन्द्र फुटबल क्लब)

डिफेन्डरः विमल पाण्डे (त्रिभुवन आर्मी फुटबल क्लब), सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र फुटबल क्लब), निशान्त खड्का (संकटा क्लब), रोहित चन्द (पर्सिक केद्री), सिमान्त थापा (जावलाखेल युथ क्लब)

मिडफिल्डरः पुजन उपरकोटी (मछिन्द्र फुटबल क्लब), एरिक विष्ट (चर्च ब्वाइज युनाइटेड), नवीन लामा (एपीएफ फुटबल क्लब), मणिकुमार लामा (एपीएफ फुटबल क्लब), लाकेन लिम्बु (थ्री स्टार क्लब), आभास लामिछाने (एपीएफ फुटबल क्लब)।

फरवार्डः आयुष घलान (संकटा क्लब), नवयुग श्रेष्ठ (त्रिभुवन आर्मी फुटबल क्लब), दीपकराज सिंह ठकुरी (सातदोबाटो युथ क्लब), अन्जन विष्ट (चर्च ब्वाइज युनाइटेड), मनिष डाँगी (संकटा क्लब), आशिष चौधरी (चर्च ब्वाइज युनाइटेड) , विमल घर्ती मगर (मछिन्द्र फुटबल क्लब)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell