PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

मन्दिर परिसरमा 'गुडबाइ किस' गर्दा विवादमा तानिए ओम राउत



पहिलोपोस्ट

मन्दिर परिसरमा 'गुडबाइ किस' गर्दा विवादमा तानिए ओम राउत
तस्विर : इन्ट्रन आइ

बलिउड र हलिउडका कलाकार जब एक आपसमा भेट्छन् उनीहरु एकअर्कालाई गालामा चुम्बन गर्छन्। सार्वजनिक समारोहमा होस् या फिल्मी कार्यक्रममा, यो सामान्य नै हो। नेपालमा पनि कलाकारबिच यो चलन सामान्य हुन लागिसक्यो। 

मंगलवार भारतको तिरुपति बालाजी मन्दिरमा दर्शन गर्न पुगेको आदिपुरुष फिल्मका निर्देशक ओम राउतले अभिनेत्री कृति सेननलाई पनि गालामा चुम्बन गरे। अरु स्थानमा भेटेझैं मन्दिर परिसरबाट बाहिरिँदा राउतले 'गुडबाइ किस' गरेको भिडियो सार्वजनिक भएपछि भने अहिले राउतको आलोचना भइरहेको छ।

पुजारी र धार्मिक नेताहरूले राउतको सो कार्यलाई रामायण र सीताको अपमान भएको तर्क गरिरहेका छन्। तेलंगानाको चिल्कुर बालाजी मन्दिरका मुख्य पुजारीले ओम र कृतिलक्षित बोल्दै भनेका छन् ‘श्रीमान श्रीमतीले पनि मन्दिरमा यस्तो गर्दैनन्।’

तर, केहीले भने ओम राउतको 'गुडबाइ किस' सामान्य भएको भन्दै त्यसलाई विवादित बनाउन नहुने बताइरहेका छन्।

ओम राउत निर्देशित फिल्ममा प्रभास र कृतिका साथै सैफ अली खान मुख्य भुमिकामा छन्। यो फिल्म जुन १६ अर्थात असार १ गतेबाट प्रदर्शन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell