PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

यस्तो छ ‘परस्त्री’ को ट्रेलर



पहिलोपोस्ट

यस्तो छ ‘परस्त्री’ को ट्रेलर

काठमाडौं : फिल्म ‘परस्त्री’ को ट्रेलर सार्वजनिक भएको छ। आगामी असार १५ गतेबाट प्रदर्शन हुने सार्वजनिक ट्रेलरमा विवाहेत्तर प्रेम सम्बन्धले ल्याउने समस्या र संकटको कथा भन्छ।

जहाँ मुख्य कलाकार कोसिस क्षेत्री र शिल्पा मास्के श्रीमानश्रीमतीको भूमिकामा देखिएका छन्। उनीहरुको सम्बन्धमा तेस्रो व्यक्ति आएसँगै हुने प्रभावको कथावरिपरि ट्रेलर घुमेको छ।

सुरज पाण्डे निर्देशित यस फिल्ममा कोसिस र शिल्पाका साथै गौरव विष्ट, अलिशा क्षेत्री, अशान्त शर्मालगायतका कलाकारहरुको अभिनय छ। यस फिल्मको कथा दीपेन्द्र के खनालले लेखेका हुन्।

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्ममा शर्मिला पाण्डे र स्वयम् खनाल निर्माताका रुपमा रहेका छन। निरज पाण्डेको छायाङ्कन रहेको नेपाली र हिन्दी भाषामा प्रदर्शन हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell