PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

प्रभासको आदिपुरुषलाई 'यू' सर्टिफिकेट, सैफ रावणको भूमिकामा रहेको फिल्म अर्को साता रिलिज



पहिलोपोस्ट

प्रभासको आदिपुरुषलाई 'यू' सर्टिफिकेट, सैफ रावणको भूमिकामा रहेको फिल्म अर्को साता रिलिज

बहुप्रतिक्षित फिल्म आदिपुरुषको आधिकारिक काउन्ट डाउन सुरु भएको छ। पौराणिक कथाको चर्चित राम र रावणको युद्धमा आधारित रामायणको रिक्रियसनप्रति धेरैको चासो बढ्नु  स्वभाविक पनि हो। भारतको सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनले प्रभास, कीर्ति सेनन र सैफ अली खानको फिल्मलाई 'यू' सर्टिफिकेट दिएको छ। फिल्मको अवधि २ घन्टा ५९ मिनेट रहने जनाइएको छ।

आदिपुरुषका निर्माताहरुले फिल्मलाई मनोरञ्जनात्मक मात्र भनेका छैनन्। युवा पुस्तालाई रामायणको कथा बुझाउने प्रयासका रुपमा पनि व्याख्या गरेका छन्। ओम राउत निर्देशित फिल्मले पुरानो कथालाई नया शैलीमा प्रस्तुत गरेका छन्। 

आदिपुरुषको लिड रोलमा रहेका प्रभासले राघवको भूमिका निर्वाह गरेका छन्। कृती सेनन राघवकी पत्‍नी जानकीको अवतारमा छिन्। सैफ अली खान लङ्केश्वरको भूमिकामा छन्। ट्रेलर रिलिज यता सैफको 'गेटअप'लाई लिएर निक्कै चर्चा भएको छ। रावणको भूमिकामा उनी बलियो देखिएका छन्। बाहुबली स्टार प्रभासका पछिल्ला दुई बिग व्यानर फिल्म असफल भएकाले धेरैले यसबाट उनी सफलतामा कमब्याक हुने अपेक्षा गरेका छन्। देवदत्त नागे फिल्ममा बजरंगीको भूमिकामा रहेका छन्। सुन्नी सिंह भने लक्ष्मणको भूमिकामा। 

ओम राउतको निर्देशनमा रहेको फिल्मका टी सिरिज, कृष्ण कुमार, ओम राउत लगायत निर्माता हुन्। आउने साता फिल्म हिन्दी, तमिल, तेलगु, मलायलम र कन्नड भाषामा रिलिज हुँदैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell