PahiloPost

Jul 2, 2026 | १८ असार २०८३

अक्षयले घोषणा गरे 'ओ माई गड २’ को प्रदर्शन मिति



पहिलोपोस्ट

अक्षयले घोषणा गरे 'ओ माई गड २’ को प्रदर्शन मिति

बलिउड फिल्म ‘ओ माई गड २’ को प्रदर्शन मिति तय भएको छ। अक्षय कुमारसहित यामी गौतम र पंकज त्रिपाठीको मुख्य भूमिका रहेको यो फिल्म अगस्ट ११ (साउन २६) गते रिलिज हुनेछ।

केही समयअघि यो फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुने चर्चा चल्दै आएको थियो। तर, अक्षयकुमारले इन्स्टाग्राममार्फत फिल्मको पोस्टर सेयर गर्दैं हलमै रिलिज हुनेबारे पृष्टि गरेका हुन्।

यो फिल्म सन् २०१२ मा रिलिज भएको ‘ओ माई गड’ को सिक्वेल हो। धर्ममा आधारित कमेडी जनरामा बनेको ‘ओ माई गड’ बक्सअफिसमा हिट भएको थियो।

सिक्वेल भने भारतमा यौन शिक्षाको पृष्ठभूमिमा आधारित हुने बताइएको छ। अमित राय निर्देशित यस फिल्ममा आश्रित वर्दे, विपुल डी र राजेश वाहल निर्माताका रुपमा रहेका छन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Akshay Kumar (@akshaykumar)

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell