PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

राष्ट्रपति पौडेलसँग स्वीजरल्याण्डकी राजदूत क्यापलरले गरिन् बिदाई भेट



पहिलोपोस्ट

राष्ट्रपति पौडेलसँग स्वीजरल्याण्डकी राजदूत क्यापलरले गरिन् बिदाई भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग स्वीजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शुक्रवार बिदाई भेट गरेकी छन्। राजदूत क्यापलर आफ्नो साँढे पाँच वर्षे कार्यकाल समाप्त गरेर स्वदेश फर्कदै छिन्।

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले स्वीस सरकारले नेपालको विकास र नेपालीप्रति देखाएको सद्भाव उदाहरणीय रहेको बताएको उनका परराष्ट्र विज्ञ डा सुरेशचन्द्र चालिसेले बताए। सो अवसरमा राष्ट्रपति पौडेलले दुई देशबिचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास समेत व्यक्त गरे।

राजदूत क्यापलरले आफ्नो कार्यकालमा दुई देशबिचको सम्बन्ध प्रगाढ र बलियो बनाउन खेलेको योगदानको समेत राष्ट्रपति पौडेलले प्रशंसा गरेका थिए।

दुई मुलुकबिच कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात द्विपक्षीय सम्बन्ध सुमधुर, नजिकको र मित्रवत रही आएको छ। नेपालले स्वीजरल्याण्डसँगको सम्बन्धलाई आपसी सम्मान, मित्रता र सहयोगका आधारमा उच्च महत्व दिँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell