PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

जिल्ला निर्वाचन कार्यालय खारेजीको विपक्षमा कांग्रेस, उभियो आफ्नै अर्थमन्त्रीको निर्णयविरुद्ध



पहिलोपोस्ट

जिल्ला निर्वाचन कार्यालय खारेजीको विपक्षमा कांग्रेस, उभियो आफ्नै अर्थमन्त्रीको निर्णयविरुद्ध
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जिल्ला निर्वाचन कार्यालय खारेजीको पक्षमा आफ्नो पार्टी नरहेको प्रष्ट पारेका छन्। जिल्ला निर्वाचन कार्यालय खारेजीको विषयमा भएको छलफलमा आफूले उक्त मत राखेको सहमहामन्त्री परियारले बताए।

‘जिल्ला निर्वाचन कार्यालयले तटस्थ भएर गरेको छ’, छलफलपछि परियारले भने, ‘मैले पार्टीको तर्फबाट यो निर्णय ठीक नभएको धारणा राखेको छु।’

नयाँ बजेटमा सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय गरेको थियो। आयोगले राजनीतिक दलहरुसँग खारेजी विषय, विदेशमा भएका नेपालीहरुलाई मतदान अधिकार र निर्वाचन कानुनबारे छलफलका शुक्रवार मुख्यालयमा बैठक डाकेको थियो।

बैठकमा कांग्रेसले आफ्नै अर्थमन्त्रीले गरेको निर्णयको विपक्षमा धारणा राखेको हो। निर्वाचन कानुनमा पार्टी तयार रहेको र विदेशमा रहेको नेपालीले भोट हाल्न पाउनुपर्ने मागसमेत आफूले राखेको परियारले बताए।

‘मतदाता नामावली संकलनका लागि पार्टी सघाउन तयार छ। कार्यालय मर्ज गर्ने कुरा हुँदैन भनेर पार्टीको धारणा राखें’, परियारले भने, ‘निर्वाचन कानुनका लागि कांग्रेस तयार छ। विदेशमा रहेका नेपालीलाई भोट हाल्ने व्यवस्था गर्नुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell