PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

उफ् गर्मी !

उफ् गर्मी !

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : पछिल्ला केही दिनहरुमा तापक्रम बढ्दा देशभरको जनजीवन प्रभावित छ। यसपटक धेरै क्षेत्रमा तापक्रम वृद्धिले ‘रेकर्ड ब्रेक’ गरेको मौसमविद्हरु बताउँछन्।

तराईका जिल्लाहरुमा तातो हावा (हिट वेभ) बढ्न थालेको छ। तराई क्षेत्रको तापक्रम अहिले ४० डिग्रीभन्दा माथिसम्म पुगेको छ।

यस्तोमा काठमाडौं उपत्यकामा पनि अचाक्ली गर्मी महसुस गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले काठमाडौंको अधिकतम तापक्रम शुक्रवार ३२ दशमलव ८ रहने अनुमान गरेको छ।

गर्मीका कारण काठमाडौं उपत्यकाको जनजीवन पनि प्रभावित छ। चर्को घाम लागेका कारण मानिसहरुलाई बाहिर हिँड्न हम्मे छ।

बाहिर हिँड्नै पर्दा मानिसहरु गर्मी छल्न छाता ओडिरहेका देखिन्छन् भने केही भने लस्सी, आइसक्रिम जस्ता चिसो खानेकुरा खाएर शितल बन्ने प्रयासमा छन्।

गर्मीको मार दैनिक ज्याला मजदुरी गर्नेहरुलाई अझ बढी छ। गर्मीकै कारण मानिसहरुमा आलस्यपना पनि बढेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell