PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

चर्च ब्वाइज र खुमलटार भिड्दै गर्दा खेल मैदानमै चल्यो ‘रेस्लिङ’ : रेफ्रीमाथि हातपातपछि रेडकार्डको वर्षा!

चर्च ब्वाइज र खुमलटार भिड्दै गर्दा खेल मैदानमै चल्यो ‘रेस्लिङ’ : रेफ्रीमाथि हातपातपछि रेडकार्डको वर्षा!

मुकुन्द घिमिरे/पहिलोपोस्ट


काठमाडौं : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा खुमलटारका अफिसियलहरु असन्तुष्ट बन्दा फुटबल खेल मैदानमा रेस्लिङ चलेको छ। चर्च ब्वाइज र खुमलटारको खेलमा रेफ्री प्रज्वल क्षेत्रीमाथि अफिसियलहरु असन्तुष्ट बनेसँगै खेलमैदानमा ‘रेस्लिङ’ चलेको हो।

खेलको २१औँ मिनेटमा एरिक बिष्टको फ्रि-किकमा सुनिल साहले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए। राजीव लोप्चनले अञ्जन बिष्टलाई खराब ट्याकल गर्दा चर्च ब्वाइजले फ्रिकिक पाएको थियो। २६औँ मिनेटमा मेसुके ओलोमोउले पेनाल्टीमा पाएको अवसरमा गोल  गर्न सकेनन्। पहिलो हाफको अतिरिक्त समयमा भने मैदानको अवस्था थप तात्यो।

इन्ज्युरी समयमा खुमलटारका अफिसियलहरु झगडामा उत्रिए। खुमलटारका मेनेजर अञ्जन राना क्षेत्रीलगायतले दुई पटक ह्याण्डबल हुनुपर्नेमा नदिएको भन्दै रेफ्री प्रज्जवल क्षेत्रीमाथि हातपातमा उत्रिएका हुन्।

त्यसपछी रेफ्रीले तीनजना अफिसियललाई रेडकार्ड दिए। रेडकार्ड पाएपछि अझ उग्र बनेका अफिसियल र बेन्चका खेलाडीहरु रेफ्रीमाथि खनिए। उनीहरुलाई सम्हाल्न हम्मेहम्मे परेको थियो। लफडा परेपछि खेल केहीबेर प्रभावित बनेको थियो।

रेफ्री क्षेत्रीले आफूमाथि हातपाथ हुँदा पनि एन्फाका कसैले छुटाउन नआएको गुनासो गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell