PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

खेलमैदानमा फेरि लफडा : खेलाडीबिच हातपात, दर्शकले हाने बोतल



समर्थ रञ्जित

खेलमैदानमा फेरि लफडा : खेलाडीबिच हातपात, दर्शकले हाने बोतल

काठमाडौं : खुमलटार र चर्च ब्वाइजको खेलमा एकपछि अर्को लफडा सिर्जना भएको छ। अफिसियलहरु असन्तुष्ट बन्दा फुटबल खेलमैदानमै रेस्लिङ चलेको केही बेरमा खेलाडीबिच नै हातपात भयो। शहीद स्मारक ए डिभिजन अन्तर्गत सातदोबाटो खेलमैदानमा शुक्रवार खुमलटार र चर्च ब्वाइजको खेल चलिरहँदा ५१ औं मिनेटमा चर्च ब्वाइजका गोलकिपर प्रिसो रेडकार्ड खाँदै बाहिरिएका थिए। 

उनी रेडकार्ड खाँदै बाहिरिएपछि चर्च ब्वाइजका १० खेलाडीमा समेटिएको थियो। सुरुबाटै आक्रामक बनिरहेका प्रिसोले फ्रिकिकमा हेडिङ हान्न पुगेका विपक्षी खेलाडीसँग हातपातमा उत्रिँदा रेडकार्ड ब्यहोरे। यही बेला झगडा पर्दा गोलपोस्ट पछाडि रहेका समर्थकले बोतल प्रहार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell