PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम : कृषि र रोजगारलाई प्राथमिकता



पहिलोपोस्ट

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम : कृषि र रोजगारलाई प्राथमिकता

बुटवल : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ। प्रदेश प्रमुख अमिक शेरचनले शुक्रवार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको व्यावसायिक प्रवर्द्धन, बजारीकरण र रोजगारी केन्द्रित कृषिलाई प्राथमिकतामा राखेको छ। रोजगारी सिर्जना गर्ने नवीनतम उद्योग र पर्यटन क्षेत्रलाई पनि सरकारले प्राथमिकता दिएको छ। सरकारले स्थायी राजधानी निर्माणलाई पनि प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

मुख्यमन्त्री आर्थिक विकास कार्यक्रममार्फत बेरोजगार युवाशक्ति सीपमूलक तालिम गरी रोजगारी सिर्जना गर्ने, ‘पढ्दै कमाउदै, कमाउदै पढ्दै’ कार्यक्रमअन्तर्गत दुई वर्षमा दुई लाख रोजगारी सिर्जना गर्ने, बेरोजगारको यथार्थ विवरण संकलन गरी शिपमूलक तालिम तथा उद्यमशिलतासँग जोड्दै रोजगारी प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। मुक्त कमैया, भूमिहीन, मुसहर, बादी र चिडीमार जस्ता समुदायका एक हजार परिवारलाई कृषि तथा पशुपालनमा जोडेर आयआर्जन गर्दै स्वरोजगार बनाउने प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

कृषिको आधुनिकीकरण र व्यावसायीकरणमार्फत कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, प्रदेशका १२ वटा जिल्लामा जुडिबुटीको पकेट रुपमा क्षेत्रका दुई सय हेक्टरमा खेती गर्ने, कृषिजन्य स्थानीय उत्पादनलाई ब्राण्डिङ तथा बजारीकरण गर्ने, प्रदेशमा माछाको उत्पादन वृद्धि गर्न ३५ हेक्टर क्षेत्रफलमा कृत्रिम जलाशय विस्तार, प्रदेशका १२ जिल्लामा साना सिंचाइ आयोजना मार्फत ३०० हेक्टर सिँचित क्षेत्र विस्तार उत्पादन बढाउने नीति कार्यक्रममा उल्लेख छ।

त्यस्तै, प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाको रुपमा पाल्पाको रामपुरदेखि रोल्पाको जिनाबाङ्गलगायत २० वटा अन्य प्रदेशस्तरका राजमार्ग निर्माण एवं स्तरोन्नति कार्यलाई पनि प्राथमिकतामा राखेको छ। उज्यालो प्रदेश : लुम्बिनी प्रदेश अवधारणा अनुसार विद्युत् नपुगेका स्थानमा वैकल्पिक उर्जाको प्रयोग, लघु तथा साना जलविद्युत् हरित उर्जा, वायु उर्जालाई प्रवर्द्धन गर्ने नीति सरकारले लिएको छ।

विद्युतीय सवारी साधानको प्रयोग र चार्जिङ स्टेशन १२ वटै जिल्ला सदरमुकाम, राजमार्ग र व्यापारिक केन्द्रमा निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति पनि सरकारको छ। पहाडी जिल्लाको बढ्दो बसाइँसराइ रोक्न ‘एक जिल्ला : एक नमुना बस्ती’ नारा पनि सरकारले अघि सारेको छ।

स्थानीय मौलिक एवं प्राचीन वास्तुकला प्रवर्द्धन गर्न रैथाने सीपको संरक्षण र प्रोत्साहन गर्ने, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको संरक्षणका लागि रुपन्देहीमा प्रदेश स्तरीय सुविधासम्पन्न ज्येष्ठ नागरिक ग्राम र अपांगता नागरिक ग्राम निर्माण गर्ने, हिंसा पीडित महिलाका लागि प्रदेशस्तरीय पुनर्स्थापना केन्द्र निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ :
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell