PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

नेपाली क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पनि पराजित, नेदरल्याण्ड्स विजयी



पहिलोपोस्ट

नेपाली क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पनि पराजित, नेदरल्याण्ड्स विजयी
फाइल तस्बिर: क्यान

काठमाडौँ: नेपाली क्रिकेट टोली दक्षिण अफ्रिकामा लगातार दोस्रो अभ्यास खेलमा पराजित भएको छ। शनिवार सम्पन्न नेदरल्याण्ड्ससँगको अभ्यास खेलमा नेपाल ५ विकेटले पराजित भएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ३६.५ ओभरमा अलआउट हुँदै १५६ रन बनायो। नेपालका शीर्ष क्रमका चार ब्याट्सम्यानले दोहोरो अंकको रननै जोड्न सकेनन्। ओपनर कुशल भुर्तेल ९ रनमा एलबीडब्लू आउट हुँदा आशिफ शेख र अर्जुन साउदले समान ४ रन बनाए। त्यस्तै दीपेन्द्रसिंह ऐरीले ६ रन बनाए।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३० रन बनाउँदा गुलसन झाले २४ रन र प्रतिश जिसीले १९ रन बनाए। त्यस्तै आरिफ शेख र सोमपाल कामीले समान १८ रन बनाए। बलिङतर्फ नेदरल्याण्ड्सका एल भी भान विकले सर्वाधिक ५ विकेट लिँदा क्लेटन फ्लोयडले २ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्स ३६.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्यसम्म पुग्यो। डच टोलीका लागि विस्ले बार्रस्सीले सर्वाधिक अविजित ६३ रन बनाउँदा सक्व जुलिफिक्वर र स्कट एडवार्डले समान २२ रन बनाए। बलिङतर्फ गुलसन झा र ललित राजवंशीले समान २ विकेट लिँदा प्रतिश जिसीले १ विकेट लिए।

यसअघि पहिलो अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो। दक्षिण अफ्रिकामा दुईवटा अभ्यास खेल खेलेको नेपाल अब विश्वकप छनोट खेल्न जिम्बावे प्रस्थान गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell