PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

प्रतिमालाई मिस मगर इन्टरनेशनलको उपाधि



पहिलोपोस्ट

प्रतिमालाई मिस मगर इन्टरनेशनलको उपाधि

काठमाडौं : यस वर्षबाट सुरु भएको ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आलेमगरले घोषित भएकी छिन्। शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उनले चार लाख रुपैयाँ पुरस्कारसमेत प्राप्त गरेकी हुन्।

विजेता बनेसँगै मगरले सपनाको एउटा खुड्किलो उक्लिएको बताइन्।

‘पहिलो सिजनमै विजेता बने, दायित्व पनि महसुस भएको छ। संस्कृतिको प्रवर्द्धनमा मेरो भूमिका हुनेछ’, उनले भनिन्।

यस्तै अन्तिम प्रतिस्पर्धामा स्मृति ठाडामगर उपविजेता र क्लिया थापामगर दोस्रो बनिन्। उनीहरूले क्रमशः दुई लाख र एक लाख रुपैयाँ नगद पुरस्कार समेत प्राप्त गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell