PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

च्याम्पियन खेलाडीको आँशु र खुशीको साक्षी बन्यो इस्तानबुलको फुटबल मैदान

च्याम्पियन खेलाडीको आँशु र खुशीको साक्षी बन्यो इस्तानबुलको फुटबल मैदान

पहिलोपोस्ट /पहिलोपोस्ट


इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले पहिलोपटक यूईएफए च्याम्पियन्स लिगको उपाधि उचाल्यो। टर्कीको इस्तानबुलस्थित एटाटर्क स्टेडियममा भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई १-० गोलअन्तरले पराजित गर्दै सिटी च्याम्पियन बन्यो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सिटीलाई जित दिलाउन रोड्रीले ६८ औँ मिनेटमा निर्णायक गोल गरेका थिए।

पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्दै गर्दा खेलाडी र म्यानेजरहरु मैदानमै रोए र खुशी साटासाट गरे।

सबै तस्विरहरु : Getty images / BBC



ट्रेन्डिङ पोस्ट

Ncell